पदक पाउने कस्ता? कालोबजारीमा मुछिएकादेखि राजश्वमारासम्म !

डिसी नेपाल
७ असोज २०७८ १६:३७
80
Shares

काठमाडौं । सरकारले हरेक बर्ष बाढ्ने मान पदवी अंलकारको गरिमा घट्दै गयो । यस बर्ष नेपाली इतिहासकै सबैभन्दा बढी ९०३ जनाले पदक पाए । पदक पाउने पनि कस्ता कस्ता भने कालोबजारीमा मुछिएकादेखि राजश्वमारासम्म । पदक पाउनेमध्ये एउटै उद्योगका तीन जना भेटिए ।

यसरी तक्मा पाउने कोही नभई बुटवलको श्रीराम टोबाको कम्पनीका संचालकहरु हुन् । क्रमश कमलकिशोर मालपानी, चुन्नुप्रसाद शर्मा पौडेल र नरिश्वर पौडेलले गृहमन्त्री बालकृष्ण खाणकै सिफारिसमा २०७८ को जनसेवाश्री विभूषणबाट बिभूषित गरिएको हो । यो कम्पनीमाथि सर्वोच्च अदालतले १४ पुस २०७० मा खैनी, चुरोट, गुट्खा, बिडी लगायत सुर्तीजन्य उत्पादनको बट्टाको ७५ प्रतिशत भागमा क्यान्सरले फोक्सो कुहिएको रंगीन चित्र राख्नुपर्ने फैसला सुनाए पनि श्रीराम टोबाकोले त्यसबिपरीत उत्पादन गर्दै बिक्री बितरण गरिरहेको छ । श्रीराम टोबाकोले गुट्खा र खैनीमा राजस्वको स्टीकर नटाँसी करोडौं राजस्व छली गरेको छ ।

श्रीराम टोबाको कम्पनीले गुट्खा र सुर्ती उत्पादन गरी राजस्व छली गरेको प्रमाण भेटिएपछि राजस्व अनुसन्धान विभागले २०७६ पुसमा काठमाडौं र रुपन्देहीमा मुद्दा दायर गरेको थियो । विभागले बुटवल नगरपालिका–१२ मा रहेको श्रीराम टोबाकोलाई १० करोड ७३ लाख बिगो कायम गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । कम्पनीका संचालक कमलकिशोर मालपानी, चुन्नप्रसाद शर्मा पौडेल लगायतले कम्पनीबाट उत्पादन हुने अन्तःशुल्क लाग्ने सुर्तीजन्य पदार्थको उत्पादन कम देखाई विभिन्न बिक्रेताहरुको सहयोगमा स्टीकर र कर बिजक बिना मालवस्तु बिक्री गरेको पाइएको विभागले जनाएको थियो । भोला र करेन्ट ब्रान्डका अलावा कमल किशोर मालपानी र पौडेल बन्धुले नेपाली बजारमा अरु विभिन्न नामका गुट्खा र सुर्ती बिक्री गरी राजस्व मार्ने काम गर्दैआएका छन् । भारतीय राज्य बिहार र उत्तर प्रदेशमा प्लाष्टिकको प्याकेटमा सूर्ती र गुट्खा बिक्री गर्न प्रतिबन्ध लागेपछि मालपानीहरुले नेपालबाट भारततर्फ सुर्ती र गुट्खा तस्करी समेत गर्दैआएका छन् । भारतीय बजारमा गुट्खाको माग बढी छ । श्रीराम टोवाको कम्पनीबाट उत्पादित भोला र करेन्ट गुट्खाको अवैध कारोबार गर्दै करोडौैं राजस्व ठगी गर्दैआएका मालपानी र पौडेलले आफ्नो कर्तुत ढाकछोप गर्नका लागि रुपन्देहीकै गृहमन्त्री खाण भएको बेला उनका आसेपासेलाई आर्थिक प्रलोभन दिई पदक हत्याउन सफल भएका छन् । मासिक दसौं करोडको गुट्खा र खैनी बिक्री गर्ने मालपानी र पौडेल बन्धुहरुले बिभूषण लिन ठूलै रकम गृहमन्त्री खाणका आसेपासेमार्फत् खर्च गरेको चर्चा बुटवलमा छ । राजश्वको स्टीकर नभएका गुट्खामा कुनै कर नलाग्ने र सस्तो पर्ने भएकाले त्यस्ता कर छली गरेका गुट्खा मालपानी र पौडेलहरुले बिक्री गरी रातारात करोडौं करोडका मालिक भएका हुन् । उता यस्तै बदनाम व्यक्तिलाई पदक दिइएको छ ।

रासायनिक मल समयमा आयात नगरेको आरोप लागेका ठेकेदार र कोरोना महामारीको समयमा बिरामीको उपचार गर्न नसक्ने भन्दै सार्वजनिक सूचना जारी गरेका अस्पताल निर्देशकले पनि सरकारबाट पदक पाउन सफल भएका छन् । मल आयातको जिम्मा लिएर समयमा ल्याउन नसकेका ठेकेदार हुमनाथ कोइरालाले प्रबल जनसेवाश्री र महामारीको समयमा जनतालाई स्वास्थ्य सेवा दिन नसक्ने भन्दै पन्छिएका कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्काले सुर्कीतिमय राष्ट्रदीप पदक पाउने भएका ह्न् । आइतबार संविधान दिवसको अवसरमा घोषणा गरिएको पदकको सूचीमा कोइराला र डा. खड्काको पनि नाम छ ।

यस्तै,सुर्कीतिमय राष्ट्रदीप पदक पाएका कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्काले कोभिड—१९ महामारीको दोस्रो लहरमा अस्पतालमा अक्सिजन नभएको भन्दै बिरामी भर्ना गर्न नसकिने सार्वजनिक सूचना जारी गरेका थिए। प्रदेशकै सबैभन्दा ठूलो अस्पतालले बिरामी नलिने घोषणा गरेपछि तत्कालीन प्रदेश सरकारले उनीविरुद्ध छानबिन गरी कारबाहीको तयारी गरेको थियो। कर्णाली सरकारका प्रवक्ताले पत्रकार सम्मेलन नै गरेर निर्देशक खड्कामाथि छानबिन सुरु गरिएको र उनलाई कारबाही गरिने बताएका थिए । तर, सत्तारुढ दल नेकपामा विवाद बढेर कर्णाली सरकारमा हेरफेर भएसँगै उनको कारबाही रोकिएको थियो। अस्पतालले जारी गरेको सूचना संविधानको मौलिक हकविपरीत भएको भन्दै डा. खड्काविरुद्ध उच्च अदालत सुर्खेतमा मुद्दासमेत परेको थियो। सो मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ। अस्पतालले बिरामीको उपचार गर्न नसकिने सूचना प्रकाशित गरेपछि सरकारले उक्त अस्पताललाई केन्द्र मातहतमा राख्ने प्रक्रिया पनि सुरु गरेको थियो ।

सकारले यस वर्षको संविधान दिवसको दिन बाँड्न लागेका पदकमध्ये स्वास्थ्यतर्फ सबैभन्दा ठूलो पदक पाउने चिकित्सक हुन्, डा. खड्का । उनी नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काका भाइ हुन् । उसो त यस बर्ष पदक पाउनेमा प्रचण्ड पत्नी सीता दाहाल पनि छिन । यस अघि प्रचण्डका पुत्र प्रकाशलाई पदक दिलाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.