तोडफोड गर्नेलाई कारवाहीको माग

डिसी नेपाल
७ असोज २०७८ १७:१७
8
Shares

काठमाडौं । पेशागत महासङ्घ नेपालले आफ्नो कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ ।

यही असोज ४ गते पदाधिकारीको बैठक बसिरहेका बेला एउटा समूहले कार्यालयमा तोडफोड गरेको थियो । महासङ्घका संयोजक बाबुराम थापाले आज विज्ञप्ति जारी गर्दै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । उनले कार्यालयमा लगाइएको ताला खोल्न माग गरेका छन् ।

सो कदम ट्रेड युनियनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त विपरीत भएको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.