म माथी षड्यन्त्र गरेर मलाई फसाइएको होः उपसभापति गच्छदार

डिसी नेपाल
७ असोज २०७८ १८:२५
44
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताएका छन् ।

उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताए । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदी कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषद्माथि गर्नुपर्ने तर्क गरे । उनले ५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आपूmमाथि अन्याय गरेको धारणा राखे। “म अझै ११ वर्ष सक्रिय राजनीति गरिरहने छु”, उनले बताए ।

उपसभापति गच्छदारले न्यायलयले न्याय दिने विश्वास व्यक्त गरेका छन् । उनले आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको छ बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.