एभरेष्ट बैंकको सिइओमा सुदेश खालिङ

डिसी नेपाल
७ असोज २०७८ १९:४६
52
Shares

काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुदेश खालिङ नियुक्त भएका छन्।

संचालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो। उनले असोज ८ गते शुक्रबारबाट कार्यभार सम्हाल्ने भएका छन् । स्थापनाको २५ बर्षसम्म भारतीय नागरिकलाई सिइओको जिम्मेवारी सुम्पदै आएको एभरेष्ट बैंकले गत चैतमा पहिलोपटक खालिङलाई सिइओमा नियुक्त गरेको हो ।

खालिङले यसअघि लक्ष्मी बैंकमा सिइओको जिम्मेवारी सम्हालिसकेका थिए भने त्यसअघि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा प्रमुख सूचना अधिकृत थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.