नेपाल एक चीन नीतिको पक्षमा सदैव दृढतापूर्वक उभिएको छः राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताएकी छन्।
सी चिनफिङले आधुनिक चीनमा क्रान्ति, निर्माण र सुधारका साथै चिनियाँ राष्ट्रको पुनर्जागरणका लागि महत्वपूर्ण योगदान गर्ने माओ जेदोङ तङ स्याओफिङ, जियाङ जेमिनलगायतका अग्रणी नेतृत्वको योगदानलाई निरन्तरता दिँदै ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ निर्माणको अभियानलाई कुशलतापूर्वक नेतृत्व गरिरहेको राष्ट्रपतिले उल्लेख गरिन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित ‘सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ नेपाली संस्करण पुस्तकको लोकार्पण एवं खण्ड ३ को परिचयात्मक समारोहलाई सम्बोधन गर्दै उनले विज्ञान तथा प्रविधिको अनुसन्धान, विकास र आविस्कारका क्षेत्रमा चीनले अभूतपूर्व उपलब्धि हासिल गरेको बताइन्।
चिनियाँ राष्ट्रपतिले अवलम्बन गरेको वातावरणमैत्री दिगो विकासका माध्यमबाट जलवायु परिवर्तनले उत्पन्न गरेका चुनौती सामना गर्न चीन सक्षम हुनेछ भन्ने आफूले विश्वास लिएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।
नेपालका लागि कोभिड–१९ विरूद्धको अभियानमा मित्रराष्ट्र चीनद्वारा उपलब्ध गराइएका खोप, स्वास्थ्य सामग्री र मानवीय सहयोगका लागि नेपाली जनता र नेपाल सरकारकोतर्फबाट मित्र राष्ट्र चीनका जनता र राष्ट्रपतिप्रति उनले कृतज्ञता ज्ञापन गरिन् ।
आज लोकार्पण गरिएको पुस्तक ‘सी चिन फिङ चीनको शासन व्यवस्था’ को दोस्रो भागको अध्ययनबाट चीनले पछिल्ला दशकमा हासिल गरेका चामत्कारिक सफलतामा राष्ट्रपति सी चिनफिङका वैचारिक–राजनीतिक दृष्टिकोण, नीति, कार्यक्रम र तिनको सफल कार्यान्वनका लागि विकास गरिएका शासकीय प्रबन्धका’ बारेमा पाठकले जानकारी प्राप्त गर्नसक्ने आफूले विश्वास लिएको उनको भनाइ छ ।







डिसी नेपाल








Facebook Comment