बजाज पल्सर एभरेष्ट प्रिमियर लिग एनसेल फोरजीका साथ
काठमाडौं । एनसेल फोरजीका साथ देशकै ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेष्ट प्रिमियर लिग (ईपीएल)’ असोज ९ गतेबाट सुरु हुने भएको छ।
नव प्रतिभाहरूको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वास एनसेलको छ । र ईपीएल जस्तो प्रत्यक्ष प्रसारण हुने खेलले ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिनेअवसर प्रदान गर्दछ।यस नयाँ संस्करणको ईपीएलमा एनसेल ‘कनेक्टेडबाई’ पार्टनरको रूपमा आबद्ध भएकोछ र यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास एनसेलले लिएकोछ।
आफ्नो सबैभन्दा ठूलो फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत मानिसहरूमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिएकोछ।
हालको अफ्ठ्यारो समयले गर्दा धेरै मानिसहरू विभिन्न सामाजिक गतिविधिबाट अलग्गिएका छन् ।
यस्तो समयमा एनसेले आफ्ना ग्राहकहरुसँग डिजिटलमा ध्यमबाट जोडि रहने चाहन्छ।ईपीएलले लामो समयदेखि घरमै रहेका मानिसहरूका लागि ठूलो राहत ल्याएकोछ।क्रिकेटपारखीले ईपीएल अब एनसेलफोरजीकासाथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन्।
क्रिकेट प्रतिभाहरूका लागि महत्त्वपूर्ण मञ्च सिर्जना गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिभाहरू सँग जोड्ने उद्देश्य ईपीएलकोछ। सन् २०१६ देखि शुरु भएको यो यात्रा अहिले विश्वको ठूलो क्रिकेट लिग मध्येएक भएकोछ।
यो खेल विश्वका १५५ देशमा प्रसारण हुने तयारीछ र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुनेछ।
ईपीएलअन्तर्गत सन् २०१७ र २०१८मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएका थिए र यो निकै सफल भएको थियो।
ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदान प्रदान गर्न ईपीएल—एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलकोछ।
छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएकोछ र नेपालका लागि यो सच्चा राजदूतको रूपमा स्थापित भएकोछ। पाकिस्तानी क्रिकेट ‘लिजेन्ड’ शाहिद अफ्रिदी यो वर्ष ईपीएल खेल्न नेपालआएकाछन्।
“नेपालको जस्तो प्राकृतिक सौन्दर्य अरूकतै नरहेको सुनेको छु र ईपीएलको नयाँसंस्करण नेपालमा खेल्न म निकै उत्साहितछु,” उनलेभने।
यो घरेलु लिगले शुभचिन्तक, मिडिया, क्रिकेट एसोसिएसनबाट मात्र नभएर कर्पोरेट क्षेत्रबाट पनि राम्रो साथ पाउँदैआएकोछ।







डिसी नेपाल







Facebook Comment