ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने,उनको स्थानमा कुशल भुर्तेलले कप्तानी गर्ने

डिसी नेपाल
८ असोज २०७८ ११:५७
36
Shares

काठमाडौं। शनिबारबाट सुरु हुने एभरेष्ट प्रियमियर लिग (ईपीयल)को चौंथो संस्करणमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने घोषणा गरेका छन्।

ललितपुर पेट्रिएट्सका पनि कप्तान रहेका मल्लले प्रेस बिज्ञप्ति जारि गर्दै मल्लले ईपीएल नखेल्ने जानकारी गराएको हो। मल्लले व्यक्तिगत कारण देखाउँदै यो सिजन एभरेस्ट प्रिमियर लिग खेल्न नसक्ने बताएका छन्।

ज्ञानेन्द्रको अनुपस्थितिमा ललितपुरको कप्तानी टिमका युवा ब्याट्सम्यान कुशल भुर्तेलले गर्ने भएका छन्। उनी राष्ट्रिय टोलीका ओपनर ब्याट्स म्यान हुन्।

ललितपुर पेट्रिएट्सको  टिमः कुशल भुर्तेल ( कप्तान ) पवन सर्राफ, राशिद खान, सन्दिप जोरा, ललित राजबंशी, ललित राजबंशी, सोनु तामांग,सुर्य तामांग, शंकर राना, योगेन्द्र सिंह कार्की,  बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, नारायण जोशी, अज्मतुल्लाह ओमरजाई( अफगानिस्तान), ओशाडा फर्नान्डो( श्रीलङ्का), शनदुन विराक्कोडी (श्रीलङ्का) मिक्यो दोर्जी ( भुटान)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *