ईपीएल भोलीबाट कुन टिममा को–को खेलाडीहरु छन्,सूची सहित
काठमाडौं। नेपालको सर्वाधिक ठूलो फ्रेन्चाईज लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौँथो संस्करण भोली असार ९ गते देखि २३ गतेसम्म काठमाडौंको कीर्तिपुर स्थित त्रिवि मैदानमा हुँदैछ।
नेपालको घरेलु लिगको सर्वाधिक ठूलो धन राशी पुरस्कार भएको लिगको विजेताले ५० लाख रुपैयाँ पाउनेछन्। यस्का लागि नेपालका विभिन्न ६ शहरहरुको नाममा प्रतियोगिता हुनेछ।
ललितपुर पेट्रिएट्स,भैरहवा ग्ल्याडीएटर्स, काठमाडौँ किंग्स–११ , चितवन टाइगर्स, बिराटनगर वारियर्स, पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ।
खेलाडिहरुको नाम सूची सहितः
ललितपुर पेट्रिएट्सबाटः कुशल भुर्तेल( कप्तान ), ललित राजबंशी,पवन सर्राफ, सन्दिप जोरा, ,सुर्य तामाङ,सोनु तामाङ, राशिद खान, शंकर राना, योगेन्द्र सिंह कार्की, नारायण जोशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाइ (अफगानिस्तान), ओशाडा फर्नान्डो (श्रीलङका), शनदुन विराक्कोडी (श्रीलङका) ,मिक्यो दोर्जी (भुटान) रहेका छन्।
भैरहवा ग्ल्याडीएटर्सबाटः शरद भेसावकर (कप्तान) आरिफ शेख, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, प्रदिप ऐरी, भुवन कार्की , दिपेश श्रेष्ठ, कृष्ण कार्की, हरिशंकर शाह, हिमांशु दत्त, दुर्गेश गुप्ता, बिकाश आग्री, तुल बहादुर थापा, मौसम ढकाल, तामिम इक्बाल (बंगलादेश), उपुल थारांगा(श्रीलङ्का) धम्मिका प्रशाद(श्रीलङ्का), शर्भिन मुनिएन्डी (श्रीलङ्का) रहेका छन्।
पोखरा राइनोजबाटः बिनोद भण्डारी (कप्तान), सुशन भारि,सुनिल धमला, रित गौतम, बिपिन रावल, लोकेश बम, रबिन्द्र शाही, बिबेक यादव, किशोर महतो, बिक्रम सोब, नन्दन यादव, अर्जुन कुमाल, देब शाह, बिपिन खत्री केसरिक् विलियम्स ( वेस्टइन्डिज ), असेला गुनरत्ने ( श्रीलंका ), सहान अरचिगे ( श्रीलंका ) रहेका छन्।
चितवन टाइगर्सबाटः सोमपाल कामि(कप्तान),दिलिप नाथ, इशान पाण्डे, राजेश पुलामी, कमल सिंह ऐरी, शोहब आलम, सन्दिप सुनार, देभ खनाल, हसिम अन्सारी, आदील खान, खडक बोहरा, गौतम केसी, भिम सार्की, सागर ढकाल, मोहम्मद शाहजाद( अफगानिस्तान ), करीम जनत( अफगानिस्तान ), सेक्कुगे प्रसन्ना ( श्रीलंका ), भीरनदिप सिंह ( मलेसिया )रहेका छन्।
बिराटनगर वारियर्सबाटः करन केसी(कप्तान),, आसिफ शेख, अनिल शाह, रामनरेश गिरि, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, बिक्रम भुसाल, अनिल खरेल, सन्दिप रजाली, सोनु देबकोटा, प्रतिश जिसी, अनुज चुनारा, सन्तोष यादव,सिकन्दर राजा(जिम्बाब्वे ), रायन पठान ( क्यानडा ), चन्द्रपौल हेमराज( वेस्टइन्डिज ), दिलशान मुनाविरा ( श्रीलंका ) रहेका छन्।
काठमाडौं किंग्स–११बाट सन्दिप लामिछाने (कप्तान), सुबास खकुरेल, अमित श्रेष्ठ, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दिपेन्द्र रावत, आकाश चन्द, अमर सिंह रौटेला, गुल्सन झा, शहिद अफ्रिदी ( पाकिस्तान ), जनक प्रकाश ( सिंगापुर ), रायन बर्ल (जिम्बाब्वे ), रहमनुल्लाह गुर्बज ( अफगानिस्तान ) रहेका छन्।







डिसी नेपाल







Facebook Comment