इपीएल क्रिकेटः यी हुन् सहभागी टोली, खेलाडी र कप्तान

डिसी नेपाल
८ असोज २०७८ १८:२२
596
Shares

काठमाडौं । चौथो संस्करणको फ्रेन्चाईज एभरेष्ट प्रिमियर लिग (इपीएल) प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । कारोनाभाइरस महामारीबीच एक वर्षपछि धकेलिएको इपीएल शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

२३ असोजसम्म हुने लिगमा सम्पूर्ण खेल हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेनविरुद्ध ललितपुर प्याट्रिएट्स भिड्नेछन् । ६ सहभागी यस प्रतियोगितामा नेपाली राष्ट्रिय पुरुष टोलीका तीन मुख्य खेलाडी नै उपलब्ध हुने छैनन् । नियमति कप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिताको दुई दिनअघि आएर प्रतियोगिता नखेल्ने जानकारी गराएका थिए । ज्ञानेन्द्रले आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् ।

यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरी र पूर्वकप्तान पारस खड्कासमेत इपीएलमा देखिने छैनन् । दिपेन्द्रले आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान भ्रमणका क्रममा चोट बोकेका थिए । यता, पारसले समेत प्रतियोगिताको मुखैमा आएर नाम फिर्ता लिएका थिए ।

यस पटक इपीएलमा टेष्ट राष्ट्रसहित एसोसिएट राष्ट्रका खेलाडीहरूको सहभागीता रहनेछ । केही पूर्व स्टार खेलाडीहरूको सहभागिताले एपीएललाई रंग भर्नेछ । काठमाडौं किङ्स एलेभेनमा आवद्ध पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले इपीएलका दुई खेल मात्र खेल्नेछन् । यी दुई खेलमा अफ्रिदी नेपाली क्रिकेट प्रेमी, खेलाडीसहित सबैको नजरमा पर्नेछन् ।

यता, इपीएलमा सहभागी प्रत्येक टोलीले चार खेलाडी अनुबन्धन गर्न पाउँछन् । जसमा तीन खेलाडी मैदान प्रवेश गर्न पाउनेछन् । यस पटक इपीएलमा सहभागी टोलीको कप्तानी नेपाली खेलाडीले नै गर्नेछन् । ललितपुर प्याट्रिएट्सको कुशल भुर्तेल, भैरहवा ग्ल्याडीएटर्सको शरद भेषावकर, काठमाडौँ किङ्स एलेभेनको सन्दीप लामिछाने, चितवन टाइगर्सको सोमपाल कामी, विराटनगर वारियर्सको करन केसी र पोखरा राइनोजको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।

प्रतियोगिताको विजेताले ट्रफिसहित ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजनकले जनाएको छ । इपीएलको पहिलो संस्करणको उपाधि पञ्चकन्या तेज, दोस्रो संस्करण विराटनगर वारियर्स र तेस्रो संस्करण ललितपुर प्याट्रिएट्सले उपाधि जितेका थिए ।

प्रत्येक टिम र खेलाडी (अन्तिमका चार खेलाडी विदेशी हुन् )

ललितपुर प्याट्रिएट्स

कुशल भुर्तेल  (कप्तान), सूर्य तामाङ, पवन सर्राफ, सन्दिप जोरा, सोनु तामाङ, राशिद खान, शंकर राना, योगेन्द्र सिंह कार्की, नारायण जोशी, ललित राजबंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नान्डो, शनदुन विराक्कोडी र मिक्यो दोर्जी

भैरहवा ग्ल्याडीएटर्स

शरद भेषवाकर (कप्तान), आरिफ शेख, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, प्रदिप ऐरी, भुवन कार्की , दिपेश श्रेष्ठ, कृष्ण कार्की, हरिशंकर शाह, हिमांशु दत्ता, दुर्गेश गुप्ता, विकाश आग्री, तुलबहादुर थापा, मौसम ढकाल, तामिम इक्बाल, उपुल थारांगा, धम्मिका प्रसाद, शर्भिन मुनिएन्डी

पोखरा राइनोज

विनोद भण्डारी (कप्तान), सुनिल धमला, रित गौतम, विपिन रावल, लोकेश बम, रवीन्द्र शाही, विवेक यादव, सुशन भारी, किशोर महतो, विक्रम सोब, नन्दन यादव, अर्जुन कुमाल, देव शाह, विपिन खत्री, रिचर्ड लेभी, केसरिक् विलियम्स, असेला गुनरत्ने, सहान अरचिगे

चितवन टाइगर्स

सोमपाल कामी (कप्तान), दिलिप नाथ, राजेश पुलामी, इशान पाण्डे, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप सुनार, देव खनाल, हसिम अन्सारी, आदील खान, खडक बोहरा, गौतम केसी, भिम सार्की, सागर ढकाल, मोहम्मद शाहजाद, करीम जनत, सेक्कुगे प्रसन्ना, भीरनदिप सिंह

विराटनगर वारियर्स

करन केसी (कप्तान), आसिफ शेख, अनिल शाह, रामनरेश गिरी, सौरभ खनाल, सुमित महर्जन, हरिबहादुर चौहान, विक्रम भुसाल, अनिल खरेल, सन्दिप रजाली, सोनु देवकोटा, प्रतिश जिसी, अनुज चुनारा, सन्तोष यादव, सिकन्दर राजा, रायन पठान, चन्द्रपौल हेमराज, दिलशान मुनाविरा

काठमाडौं किंग्स एलेभेन

सन्दिप लामिछाने (कप्तान), अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दिपेन्द्र रावत, आकाश चन्द, अमरसिंह रौटेला, गुल्सन झा, शहिद अफ्रिदी, जनक प्रकाश, रायन बर्ल, रहमनुल्लाह गुर्बज




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *