पन्ध्र शैय्याको बागलुङ नगरअस्पताल शुभारम्भ
काठमाडौं । एक पालिका एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य अनुरूप बागलुङ नगरपालिकामा पनि १५ शैय्याको नगरअस्पतालको शुभारम्भ गरिएको छ ।
बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले उद्घाटन गर्दै नगरअस्पताललाई आवश्यक भवन निर्माण ठेक्का स्वीकृत भएर अगाडि बढेको र अहिले साविक स्वास्थ्यचौकीकै भवनबाट अस्पतालले सेवा प्रदान गर्ने बताए। “जग्गा अपुग तथा अन्य स्थानसमेतमा नगरअस्पताल स्वीकृत भएकाले समस्या भएको थियो, संशोधनपश्चात् पैंयुपाटामै नगरअस्पताल स्थापना भएको छ”, नगरप्रमुख पौडेलले भने, “प्रदेशले जनशक्ति व्यवस्थापन गर्ने भएको छ, तत्कालै हामीले एक जना मेडिकल अधिकृत व्यवस्थापनका लागि रु १० विनियोजन गरेका छौँ, गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच शैय्याका लागि केही स्वास्थ्य सामग्री प्रदान गरेको छ, आजदेखि अस्पतालले सेवा दिन थालेको छ ।”
अस्पताल निर्माणको लागि सरकारले रु १८ करोड बजेट बिनियोजन गरे पनि रु १२ करोड ८७ लाखमा महालक्ष्मी निर्माण सेवासँग दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भइसकेको छ । स्वास्थ्य चौकीमा हालसम्म जनस्वास्थ्य निरीक्षकसहित आठ जनाले सेवा दिँदै आएका थिए । स्वास्थ्य चौकीका प्रमुख दुर्गाप्रशाद पौडेलका अनुसार आजदेखि अस्पतालले प्रदान गर्ने सेवा दिँदै जाने र जनशक्ति तथा उपकरण थपिँदै जानेछन् ।







डिसी नेपाल








Facebook Comment