चेन्नई आइपीएलकाे शीर्ष स्थानमा

डिसी नेपाल
९ असोज २०७८ ७:४४
80
Shares

काठमाडौं। रोयल च्यालेन्ज बैंगलोरलाई पराजित गर्दै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति युएईको शारजाहमा भएको खेलमा चेन्नईले बैंगलोरलाई ६ विकेटले हराएको हो। बैंगलोरले दिएको १ सय ५७ रनको लक्ष्य चेन्नईले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे।

चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ३८ रन जोड्दा अम्बाती रायाडुले ३२ रन बनाए। फाप डु प्लेसिसले ३१ रन बनाए। बैंगलोरका हर्सल पटेलले २ विकेट लिए । युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो। बैंगलोरका लागि देवदत्त पडिकलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान विराट कोहलीले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । शार्दुल ठाकुरले २ तथा दिपक चाहरले १ विकेट लिए।

जितसँगै चेन्नईले ९ खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोर ९ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *