क्वाड सम्मेलनपछि जारी बयानले अन्तर्राष्ट्रिय समुदाय आश्चर्यचकित
काठमाडौं। पहिलो पटक क्वाड देशका सरकार प्रमुखहरु अमेरिकाको ह्याइट हाउसमा भेटेका छन् । क्वाड गुटमा अमेरिका, अस्ट्रेलिया भारत र जापान छन् । यो गुटलाई इण्डो प्यासिफिकमा चीनको बढ्दो प्रभावलाई रोक्न बनाइएको गुट भनिन्छ । रुस, पाकिस्तान र स्वयं चीनले पनि यो गुटलाई चीनविरोधी गुट भन्छन् ।
शुक्रबार जब क्वाडको ब्यानरमुनि अमेरिकी राष्ट्रपति जो बाइडेन, जापानी प्रधानमन्त्री योशिहिदे सुगा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनबीच बैठक भयो त्यसपछि यो सम्मेलनपछि साझा बयानमा चीनका विषयमा कुनै आशंका वा संकल्प जस्तो कुरा हुने अपेक्षा गरिएको थियो । तर, ह्वाइट हाउसको वेबसाइटमा पोस्ट गरिएको साझा बयानमा चीनको नाम समेत छैन ।
First-ever in-person Quad issues joint statement that still doesn’t say “China.” I guess they’ve decided not to give Beijing any ammunition to fuel its “Quad is an alliance to contain China” narrative. Fair. We all know what’s really happening anyway. https://t.co/5SXxhuUL0b
— Derek J. Grossman (@DerekJGrossman) September 25, 2021
चीनको नाम नभएपछि इण्डो प्यासिफिक का रक्षा विश्लेषक डेरेक जे ग्रसम्यानले ट्वीट गरेर भनेका छन् ‘साझा बयानमा चीनको बारेमा केही पनि भनिएको छेन । मलाई लाग्छ क्याड देशका नेताहरुले निर्णय गरे होलान् कि चीनलाई यस्तो कुनै मौका दिनु हुँदैन जसबाट उसले भन्न सकोस् कि क्वाडको गठन उसको विरुद्ध गरिएको हो । यद्यपि हामी सबैलाई थाहा छ कि के भइरहेको छ ।’
अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन् कि यो समूह लोकतान्त्रिक साझेदारहरुको हो जो भविष्यका विषयमा एक किसिमको सोच राख्छन् । बाइडेनले भने ‘कोभिड, जलवायु परिवर्तन र उदाउँदो नयाँ प्रविधिको चुनौतीहरुसँग जुध्नको लागि हामी एकजुट भएका छौं । जब हामी ६ महिना पहिले भेटेका थियौं त्यतिबेला इण्डो प्यासिफिकमा स्वतन्त्र आवतजावतका लागि प्रतिबद्धता जाहेर गरेका थियौं । म अब भन्न सक्छु कि यस विषयमा हामीले धेरै प्रगति गरेका छौं ।’ अस्ट्रेलिया, जापान र भारतका प्रधानमन्त्रीले पनि यससँग मिल्दो कुरा गरे तर कसैले पनि चीनको नाम लिएनन् ।







डिसी नेपाल







Facebook Comment