किशोरहरुले मजाकमा बनाएको वेबसाइट अस्ट्रेलियाकै लोकप्रिय र विश्वासिलो बन्यो
काठमाडौं। अस्ट्रेलियाको कोरोना सम्बन्धी सबैभन्दा लोकप्रिय र प्रमाणिक वेबसाइट ‘कोभिडबेस एयु’ का संचालन १४–१५ वर्षका तीनजना किशोरहरु हुन् । यो सनसनीखेज वेबसाइटका संचालकहरु ज्याक, वेसली र डार्सीले स्वयं गरेका हुन् । अहिलेसम्म मानिसहरुलाई यो वेबसाइट संचालकबारे केही थाहा थिएन । यी तीनैजना किशोरहरुले गएको अप्रिल महिनामा कोभिड खोप लगाएपछि यो वेबसाइट सुरु गरेका थिए ।
यी किशोरहरुका अनुसार उनीहरुले सुरुमा ख्यालख्यालैमा रमाइलोको लागि वेबसाइट बनाएर डाटा अपलोड गरे । यसको लागि उनहिरुले अस्ट्रेलियाका विभिन्न राज्यका सरकारी तथ्यांक दैनिक ट्रयाक गरे । द गार्डियनको एक रिपोर्टअनुसार यी तीनैजना किशोरहरुलाई डाटाप्रति निकै रुची छ । त्यसैले उनीहरुले डाटा डिकोड गरेर सर्वसाधारणले सजिलै बुझ्न सक्ने गरी वेबसाइटमा अपलोड गरे । केही समयमै यो वेबसाइट अस्ट्रेलियाको सबैभन्दा लोकप्रिय र प्रमाणिक वेबसाइटको रुपमा स्थापित भयो ।
BOOM! 12-15s can get the?
Today the three of us who run @covidbaseau, Jack, Wesley and Darcy, had our first dose of the Moderna vaccine.?
Thought this would be a good time to share who we really are.?
Thrilled that we will finally be included in our data! pic.twitter.com/SeIQFXPjGW
— CovidBaseAU ???? (@covidbaseau) September 23, 2021
अहिले अस्ट्रेलियाका ठूला मिडिया संस्थानहरुले यही वेबसाइटको डाटा प्रयोग गर्छन् । ज्याक भन्छन् ‘हामी वेबसाइटको कामको साथसाथै दैनिक आफ्नो स्कुलको होमवर्क पनि पूरा गर्छौं ।’ वेबसाइट लोकप्रिय भएपछि उनीहरुले कोरोनाको डाटाको साथसाथै अस्पतालमा आइसीयु बेडको संख्याबारे पनि जानकारी दिन सुरु गरेका छन् ।
ज्याक डाटाको काम हेर्छन् । डार्सी कोडर हुन् र वेसली अलराउण्डर हुन् । यी तीनैजनाले काम बाँडेका छन् । अहिले उनीहरु किशोरहरुमा खोप लगाउनुपर्छ भन्ने जागरुकता पनि यही वेबसाइटको माध्यमले फैलाइरहेका छन् । उनीहरुका अनुसार उनीहरुको उमेरका कैयौं किशोरकिशोरीहरु खोप लगाउन उत्साहित छन् ।
कोभिडबेस एयुका एक फलोअरले ट्वीट गरेर यी तीनैजनालाई पार्ट टाइम कामको अफर पनि दिएका थिए । यो ट्वीटको जवाफमा ज्याकले बताए कि उनी लकडाउनभन्दा पहिले मेलबर्नको एक रेस्टुरेन्टमा काम गर्थे । डार्सी थर्मल मोडल बनाउँछन् र वेसली अहिले १५ वर्षका छैनन्… धन्यवाद । वेबसाइटका २५ हजारभन्दा धेरै फलोअर छन् । यी तीनजनाले आफ्नो पहिचान सार्वजनिक गरेपछि उनीहरुले १४ हजारभन्दा धेरै लाइक पाएका छन् ।







डिसी नेपाल







Facebook Comment