एमालेका १० टोलीको सुझावः एमालेमा उपाध्यक्ष र सचिव ७\७ जना राख्न सुझाव
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पेस गरिएका प्रतिवेदनमाथि टोली समूहका नेताले सुझाव प्रस्तुत गरेका छन् ।
ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा १० समूहमा विभाजित टोली नेताले राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने र उपाध्यक्ष र सचिव ७\७ जना राख्नुपर्ने सुझाव प्राप्त भएको छ।
भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले शुक्रबार बैठकमा वितरित गरिएका प्रतिवेदनमाथि आज समूहगत छलफल भएको थियो ।
प्रस्तुत प्रतिवेदनमाथि टोली नेताहरुले सुझाव राख्ने क्रम जारी छ । टोलीनेताले दिएको सुझावका आधारमा ती तीनै प्रतिवेदनलाई बैठकले पारित गर्नेछ । पारित प्रतिवेदन यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेस हुनेछन् । बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।
एमाले केन्द्रीय कमिटीको बैठक आइतबार बिहान ११ बजे पुनः बस्नेछ ।







डिसी नेपाल








Facebook Comment