कांग्रेसको इलाम नगर सभापतिमा तीर्थ गुरुङ
इलाम। नेपाली कांग्रेसको इलाम नगर सभापतिमा तीर्थ गुरुङ निर्वाचित भएका छन्। गरुङ १२८ मतसहित सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका बाँकी चार प्रतिस्पर्धीमा अमृतलाल श्रेठले ८०, लिला थापाले ७५, निर्मल राउतले ७३ र सोम सुसेलीले १९ मत प्राप्त गरे।
नगर उपसभापतिमा सुशीला सापकोटा र उर्मिला निरौला निर्वाचित भए। सचिवमा वीरेन्द्र काकी र निराजन भट्टराई, सहचिवमा प्रज्वल घिमिरे र वीरेन्द्र राईले निर्वाचित भए । नगर कार्यसमितिका सदस्य भने निर्विरोध चयन भएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment