रियल म्याड्रिड रोकियो, एट्लेटिको पराजित

डिसी नेपाल
१० असोज २०७८ ६:५६
380
Shares

काठमाडौं। स्पेनिस ला लिगामा साविक विजेता एट्लेटिको म्याड्रिड पराजित हुँदा रियल म्याड्रिड बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलको रियल भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा रियल पाएका सदुपयोग गर्न नसक्दा दोस्रो बराबरी खेल्न पुगेको हो।

बराबरीसँगै अपराजित रहेको रियल शीर्ष स्थानमा यथावत छ। उसले ७ खेलबाट १७ अंक बनाएको छ। भिल्लारियल ६ खेलबाट ८ अंक सहित १०औँ स्थानमा छ। शनिबार नै भएको खेलमा साविक विजेता एट्लेटिको डिपोर्टिभो अलाभेससँग १-० गोल अन्तरले पराजित भएकाे छ । अलाभेसका भिक्टोर लागुअर्डियालेले चौथो मिनेटमा गरेको गोल नै निर्णायक गोल रह्यो। बाँकी समय एट्लेटिकोले खेलमा पकड जमाए पनि गोल भने गर्न सकेन।

७ खेलबाट १४ अंक बनाएको एट्लेटिको तेस्रो स्थानमा छ। पहिलो तीन अंक जोडेको अलाभेस भने रेलिगेशन जोनमा छ। शनिबार राति नै ला लिगाका अन्य खेलमा भ्यालेन्सिया र एट्लेटिको बिल्वाओले १-१ गोलको बराबरी खेले । सेभियाले भने इस्पान्योललाई २-० गोल अन्तरले पराजित गरेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *