ताप्लेजुङका ७ पालिकामा कांग्रेसकाे नेतृत्व छानियाे, दुईमा बाँकी

डिसी नेपाल
१० असोज २०७८ ७:५७
56
Shares

ताप्लेजुङ । नेपाली कांग्रेसले ताप्लेजुङका ९ स्थानीय तहमध्ये ७ स्थानीय तहको पालिका अधिवेशनसँगै नेतृत्व चयन गरेको छ। शनिबारबाट सुरु भएको फुङ्लिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाको अधिवेशनको प्रकृया सकिएको छैन भने नेतृत्व चयन हुनसमेत बाँकी छ।

जिल्ला निर्वाचन अधिकृत तिलक पाण्डेले फुङ्लिङ र सिदिङवामा आइतबार नेतृत्व चयन हुन जानकारी दिए। नेतृत्व चयन भएका ७ मध्ये ४ स्थानीय तहमा सहमतिका आधारमा नेतृत्व चयन भएको कांग्रेसले जनाएको छ।

आठराई त्रिबेणी गाउँपालिकामा गाउँपालिका अध्यक्षसमेत रहेका विश्वनाथ सिटौला सभापति रहेको समिति बनेको छ। यस्तै फक्ताङ्लुङ गाउँपालिकामा भद्रकुमार बोखिम सभापतिमा चयन भएका छन् भने मैवाखोला गाउँपालिमामा खगेन्द्र थत्लुङ लिम्बूको नेतृत्वमा पालिका समिति चयन भएको छ। दुई आकांक्षी देवी कार्की र गणेश खिम्दिङबीच सहमति नभएपछि पाथिभरा याङ्वरक गाउँपालिमा भने कांग्रेसले राम थेबेलाई सभापति चयन गर्दै नेतृत्व सर्वसम्मत बनाएको छ।

सिरिजंगा गाउँपालिमामा पालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर २ आम्बेगुदिनका वडाध्यक्ष लालकृष्ण चौहान नेपाली कांग्रेसको गाउँ सभापति बनेका छन्। उपसभापति, सचिवसहितका अधिकांस पदमा दुई पक्षबीच प्रतिस्पर्धा हुँदा चौहानले भुवानी (भीम) दाहाललाई पराजित गरेका छन्।

यस्तै मिक्वाखोला गाउँपालिकामा पञ्च थलङ सभापति बनेका छन्। भक्तबहादुर कार्कीलाई पराजित गर्दै थलङ सभापति बनेका हुन्। यस्तै मेरिङ्देन गाउँपालिकामा जयबहादुर खड्का सभापतिमा निर्वाचित भएका छन्। मेरिङ्देन गाउँपालिका वडा–५ थुकिमाका वडाध्यक्षसमेत रहेका खड्का फुर्वा शेर्पालाई पराजित गर्दै सभापति चयन भएका हुन्।

ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङमा शनिबार नेतृत्व चयन हुन सकेन। सभापति बाहेकका सबै पदमा सहमति जुटेको पनि नगर सभापतिका लागि सुरेश सिंघक र युवराज बरालबीच सहमति जुटेको छैन। आइतबार बिहान सहमतिको प्रयास गर्ने र नभए निर्वाचनमार्फत नेतृत्वको चयन हुने निर्वाचन अधिकृत पाण्डेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.