कांग्रेस अधिवेशन : उदयपुरको सबै पालिकाले पायो नयाँ नेतृत्व

डिसी नेपाल
१० असोज २०७८ ११:११
72
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उदयपुर जिल्लाको विभिन्न पालिकाहरुमा कतै सर्वसम्मत कतै निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ।शनिवार भएको उदयपुर जिल्लाकै ठूलो स्थानिय तह त्रियुगा नगरपालिकामा निर्वाचन मार्फत नयाँ नेतृत्व चुनिएको छ। नयाँ नगर सभापतिमा प्रकाश कुमार खड्का विजयी बनेका छन्।

उनी संगै चुनावी मैदानमा उत्रिएका सुमित कुमार चौधरी खड्का संग १२ मतको मतान्तरमा पराजय बनेका छन्।नेपाली कांग्रेस उदयपुर निर्वाचन समितिका अनुसार,बिजयी खड्काले कुल मतको १९५ प्राप्त गरेका छन्।

त्यस्तै,सुमित कुमार चौधरीले १८३ मत प्राप्त गरेका छन्।नवनिर्वाचित सभापति खड्का केन्द्रीय सभापति शेरबहादुर देउवा निकटका मानिन्छन्।

त्यस्तै,चौदण्डी नगरपालिकामा राजेन्द्र पौडेल निर्वाचित भएका छन्।बेलका नगरपालिकामा अशोक कार्की,उदयपुरगढी गाउँपालिकामा याम पाण्डे,ताप्ली गाउँपालिकामा दीपकुमार राष्कोटी ठकुरी,कटारी नगरपालिकामा प्रकाश थापा,रौता गाउँपालिकामा घमानसिंह मगर र लिम्चुङबुङ् गाउँपालिकामा नेत्र कार्की नयाँ नेतृत्वमा आएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.