बुद्धभूमिले आठ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने

डिसी नेपाल
१० असोज २०७८ ११:३१
200
Shares

काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रोपावरले ११ असोजदेखि आठ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ।

आईपीओमा १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन हुने कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर संस्थाका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

बाँकी सात लाख ४४ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा १४ असाेजसम्म आवेदन दिन सकिनेछ।

बुद्धभूमिको आईपीओमा सात लाख ४४ हजार कित्ता सेयर ७४ हजार चार सय जनाले मात्र १० कित्ताका दरले पाउने छन् । कम्पनीले हाल नुवाकोट जिल्लामा ४.९९३ मेगावटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.