भारतको असममा हिंसा हुँदा पाकिस्तानमा हलचल, भारतसँग पाकिस्तानले जवाफ माग्यो

डिसी नेपाल
१० असोज २०७८ १६:४२
4.7k
Shares

काठमाडौं। भारतको असम राज्यमा २३ सेप्टेम्बरमा ‘अवैध अतिक्रमण’ हटाउने क्रममा भएको हिंसाको विषयमा पाकिस्तानले कडा आपत्ति जनाउँदै इस्लामाबादस्थित भारतीइ उच्चायोगलाई बोलाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले शनिबार अबेर राती आफ्ना प्रवक्ताको बयान ट्वीट गरेको छ । ट्वीटमा लेखिएको छ ‘पाकिस्तानको सरकारले भारतको असम राज्यमा हालै मुसलमानहरुलाई निशाना बनाइएकोमा गहिरो चिन्ता व्यक्त गरेको छ । जहाँ राज्यले मुस्लिम निवासीविरुद्ध क्रुर निष्काशन अभियान सुरु गरेको छ ।’

संयुक्त राष्ट्रसंघमा भारतीय प्रधानमन्त्री मोदीको भाषणपछि पाकिस्तानका गृहमन्त्री शेख रशीदले असमको हवाला दिँदै भारतका प्रधानमन्त्रीले आफ्नो देशका अल्पसंख्यकमाथि भइरहेको अत्याचार देख्नुपर्ने बताएका छन् । असमको दरंग जिल्लाको सिपाझार सहरबाट करिब १४ किलोमिटर टाढा गाउँमा यो अभियानका क्रममा हिंसा भड्किएको थियो । हिंस्रक झडपमा २ जना मारिए । ९ पुलिसकर्मी र ७ गाउँले घाइते भएका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयले शनिबार बताएअनुसार उसले असममा मुसलमानहरुलाई निशाना बनाएर गरिएको हिंसाका विषयमा शुक्रबार भारतीय चाजै डि अफेयर्सलाई समन जारी गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयको बयानमा भनिएको छ ‘भारत सरकार मुस्लिम र अल्पसंख्यक विरोधी कानुन ल्याउँदैछ । मुसलमानविरुद्ध बढ्दो हिंसाले भारतमा अल्पसंख्यक समुदायप्रति असहिष्णुताको स्तर र सम्मानको कमीलाई देखाउँछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *