लेभान्तेमाथि बार्सिलोनाको सहज जित

डिसी नेपाल
११ असोज २०७८ ७:२१
108
Shares

काठमाडौं। स्पेनिस ला लिगामा क्याटलन क्लब बार्सिलोनाले सहज जित निकालेको छ। आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३-० गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा मेम्फिस डिपाए, जुक डी होङ र अंशु फातीको १/१ गोल गरे।

डिपेले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएको बार्सिलोनाका लागि डी होङले १४औँ मिनेटमा दोस्रो गोल गरे। डि होङले सेर्जिनो डेस्टको पासमा गोल गरेका थिए। फातीले इन्जुरी समयमा अर्को गोल गर्दै जित अन्तर फराकिलो पारे।

जितपछि बार्सिलोना ६ खेलमा १२ अंक जोड्दै स्पेनिस ला लिगा अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ। पराजित लेभान्ते चार अंकका साथ १७औँ स्थानमा छ। स्पेनिस ला लिगामा आइतबारै भएकाे अर्को खेलमा ओसासुनाले रियाल मायोर्कामाथि ३-२ को जित दर्ता गरायो।

रियल बेटिसले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेकाे छ। रायो भालेकानोले काडिजलाई ३-१ तथा रियल सोसाइडले इल्चेलाई समेत १-० गोल अन्तरले पराजित गरेकाे छ। ओसासुनाले मारोक्कालाई ३-२ गोल अन्तरले हरायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *