‘सत्ताका स्वाद चाटेका नवराजकुमारहरु’ कांग्रेसमा धमाधम निर्वाचित हुँदै
काठमाडौं । नेपाली कांग्रेसको आसन्न माहाधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरुको चयन धमाधम भइरहेका बेला २०४७ सालको आन्दोलनपछि र त्यसअघि पनि सत्ताको स्वाद चाखेकाहरु धमाधम निर्वाचित भएको पाइएका छन्।
बाबु पुस्ताले सत्ता चलाउँदा हर्ताकर्ता भई सत्ता शक्तिको हिसाव किताव गरेका र ठेक्का पट्टा र व्यापारमा समेत लागेका यी सत्ताभोगीहरुको राजनीतिमा आउने लालसा कांग्रेसले नै पुरा गरिदिन शुरु गरेको छ क्षेत्रीय प्रतिनिधि बनाएर।
यी नव राजकुमारहरु सर्वसम्मत पनि बनाइएका छन्। युवा उमेरमै बाबु बाजेले सरकार चलाउँदा सत्ताको स्वाद पाई राज्यका सबै निकायमा हस्तक्षेपकारी भूमिका खेलेकोमा पनि यीमध्ये कतिपय विवाद आइसकेका छन्। उनीहरुकै जयजयकारमा कांग्रेसी कार्यकर्ताहरुले फेसबुकलगायतका सामाजिक सञ्जाल रंगाएका पनि छन् सर्वसम्मत नेता भएको उपलक्ष्यमा।
आर्थिक अपचलन, विवाद, भ्रष्टाचार, अनेकौं राजनीतिक काण्डका नाइकेसमेत भइसकेका बाबु र बाजे पुस्ताबाट राजनीति सिकेका यी नवराजकुमारहरुले कस्तो कांग्रेस बनाउने भनेर कार्यकर्ताहरुलाई अस्वस्त पारेका होलान् कुन्नि ? तर, उनीहरु निर्विरोध निर्वाचित भइसकेका छन्।
यसरी कांग्रेसको नेतृत्व लिन सल्बलाउने नवराजकुमारहरुमा प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयबीर देउवा, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छेदारका छोरा सुवास गच्छेदार, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति तथा पूर्वमन्त्री सुनील थापाका छोरा सिद्धार्थ थापा मैदानमा देखा परिसकेका छन्।
आर्थिक अपचलन, विवाद, भ्रष्टाचार, अनेकौं राजनीतिक काण्डका नाइकेसमेत भइसकेका बाबु र बाजे पुस्ताबाट राजनीति सिकेका यी नवराजकुमारहरुले कस्तो कांग्रेस बनाउने भनेर कार्यकर्ताहरुलाई अस्वस्त पारेका होलान् कुन्नि ? तर, उनीहरु निर्विरोध निर्वाचित भइसकेका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यतिबेला पालिका स्तरीय अधिवेशन धमाधम भइरहेका छन्। क्रियाशील सदस्यको विवाद भएका जिल्लाहरुमा केही दिन अघिमात्र वडा अधिवेशन सम्पन्न भएको छ। र केही जिल्लाहरुको विवाद मिल्नै सकेको छैन। नेपाली कांग्रेसको अधिवेशन आफैमा एउटा पर्व हो भन्दै कांग्रेसजनहरु सहभागी पनि भैरहेकै छन्।
यसरी कांग्रेसले नयाँ नेतृत्व र आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउने गरी अधिवेशन गरिरहँदा शीर्ष नेताका सन्तानहरु पनि कांग्रेसको नयाँ नेतृत्वमा धमाधम चयन भएका छन्।
बिरासत र परिवारवाद को विवादले कांग्रेस भित्र बेलाबेलामा तरङ्ग ल्याउने गथ्र्यो र कांग्रेसभित्र कोइराला परिवार र बिरासतको राजनीति बिरुद्ध संघर्ष गरेर शेरबहादुर देउवा नै कांग्रेसको १३ औँ महाधिवेशनबाट नेतृत्वमा आएका छन्।
देउवा १४ औँ महाधिवेशनमा पनि पुनःसभापतिमा उम्मेदारी दिने पक्का गरिसकेका छन्। कांग्रेस महाधिवेशनको सरगर्मी चल्दै गर्दा कांग्रेसका ’राजकुमार’ भनेर प्रेमपूर्वक उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहलाई उपनाम दिइयो । उनीहरु तीनै जना १४ औँ महाधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी हुन्।
र कांग्रेस संस्थापक नेता बीपी कोइराला,गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र हुन्। यसरी कांग्रेसका दोस्रो पुस्ताका नेताहरु बिरासतको राजनीति गरेकोे आरोप खेप्दै आएपनि उनीहको नेपालको लोकतान्त्रिक आन्दोलनमा अथक योगदान छ। र सभापति देउवालाई चुनौती दिँदै यी तीन ’राजकुमार’ कहिले काँही एकै ठाउँमा बसेर कांग्रेस नेतृत्वबारे छलफलमा जुटछन्। तर उनीहरु ठोस निर्णयमा पुग्न सकेका छैनन्।
यसरी कांग्रेसका दोस्रो पुस्ताका यी नेताहरुलाई राजकुमारको उपनाम र बिरासतको राजनीति गरेको आरोप लागिरहँदा रोचक कुरा के छ भने, कांग्रेस भित्र बिरासत र परिवारवादको बिरोध गर्ने सभापति शेरबहादुर देउवाको छोरा नै १४ औँ महाधिवेशनमा डडेल्धुराबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।
१३ औँ महाधिवेशनको पूर्वसन्धामा आफ्नो राजनीति उत्तराधिकारी पनि नभएको र बिरासतको राजनीतिमा पनि बिश्वास नगर्ने बताएका देउवाले १४ औँ महाधिवेशनमा आफ्नो लामो राजनीतिको सहयात्री विमलेन्द्र निधिलाई नै आफ्नो उत्तराधिकारीका रुपमा सभापतिको उम्मेदारी बनाउने अनुमान गरिएको थियो।
र निधि पनि आफू नै १४ औँ महाधिवेशनमा देउवा समूहबाट सभापतिको उम्मेदारी पाउने विषयमा विश्वस्त देखिन्थे। तर राजनीतिले नयाँ मोड लियो र १४ औँ महाधिवेशनमा पनि देउवाले सभापति नछाड्ने भएपछि निधि आफ्नो छुट्टै समूह बनाएर सभापतिको उम्मेदारी दिने घोषणा गरिसकेका छन्।
पार्टीभित्रको आफ्नो प्रतिस्पर्धीलाई सकेसम्म शक्तिमा पुग्न रोक्ने भित्री खेल खेल्ने राजनीतिको एउटा परम्परा बसेपनि कांग्रेसभित्र आफ्नो छोरा,छोरी नातागोतालाई पनि जर्बजस्त निर्वाचन र सत्ताको स्वाद चखाउने अभ्यास नयाँ पुस्तामा पनि देखा परेको छ।
कांग्रेसभित्र बिरासतको राजनीतिको आरोप खेप्दै आएका कोइराला परिवारले मात्र हैन कांग्रेसका अन्य प्रभावशाली नेताहरुको सन्तानले पनि यो खाले आरोपबाट अछुतो रहने देखिँदैन।
सभापति देउवा, उपसभापति विजयकुमार गच्छदार, राप्रपा परित्याग कांग्रेसमा समाहित भएका सहमहामन्त्री सुनिलबहादुर थापाका छोराहरु पनि १४ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्। सभापति शेरबहादुर देउवाका छोरा जयवीरसंह देउवा डडेल्धुरा गन्यापधुरा गाउँपलिका वडा नम्वर १ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।
यसअघि क्रियाशील सदस्य पनि नभएका जयवीर कांग्रेसका कुनै पनि भातृ संस्थामा आवद्ध रहेर संगठनमा काम गरेको अनुभव छैन। यसरी देउवाले एकमात्र आफ्नो सन्तान जयवीरलाई राजनीतिमा तानेका छन्। त्यस्तै आफ्नै संघर्ष र विद्यार्थी राजनीतिबाट केन्द्रीय राजनीतिमा स्थापित भएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार गणतन्त्रपछि सबैभन्दा धेरैपटक मन्त्री भएका एक नेतामा पर्छन्।
उनका छोरो सुभाष गच्छदारपनि बिराटनगर महानगरपालिका वडा नम्वर १ बाट क्षेत्रीय प्रनिनिधिमा चयन भएका छन्। सहमहामन्त्री सुनिलबहादुर थापाका छोरा सिदार्थ थापा धनकुटा पाख्रीबाास नगरपालिकाबाट क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
पारिवारिक विरासतको यो सूचीमा कांग्रेसका संस्थापक नेता,पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी नातिनी तथा कमलप्रसाद कोइरालाकी छोरी ऋचा कोइराला पनि कांग्रेस राजनीतिमा प्रवेश गरेकी छिन्।
कोइराला परिवारको एकमात्र कम्युनिष्ट नेता तथा पूर्वराजदूत समेत रहेका कमलकी छोरी ऋचाले कांग्रेसमा प्रवेशमात्र गरिनन्, यही अधिवेशनमा क्रियाशील सदस्य पााएकी उनीले काठमाडौं महानगरपालिका वडा नम्वर १० बाट क्षेत्रीय प्रतिनिधिमा पनि चयन भएकी छिन्।
कांग्रेसको पनाती पुस्ताकी कान्छी ऋचा हुन् भने यसअघि नै बीपी कोइरालाका जेठा छोरा प्रकाश कोइरालाको छोरा सिद्धार्थ कोइराला १३ औँ महाधिवेशनबाट नै मोरङबाट महाधिवेशन प्रतिनिधि जितिसकेका थिए।
त्यस्तै प्रकाश पुत्री मनिषा कोइराला पनि सक्रिय राजनीतिमा नआए पनि राजनीति गर्नुपर्दा आफ्नै पूर्खाले निर्माण गरेको कांग्रेस पार्टीको राजनीति गर्ने घोषणा गरिसकेकी छिन्। कोइराला परिवारकै सदस्य मनिष कोइराला पनि कांग्रेस निकट भातृसंस्था तरुणदलमा सक्रिय छन्। उनी अनुराधा कोइरालाका छोरा हुन्।







डिसी नेपाल








Facebook Comment