आज ईपीएलमा दुई खेल हुँदै,अफ्रिदीको अन्तिम खेल
काठमाडौं। चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् ।त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारिवर्सको खेल हुँदै छ। काठमाडौं र विराटनगरबीचको खेल बिहान ९ः३० बजे सुरु हुने तालिका भएपनि खेल सुरु हुन सकेको छैन।
काठमाडौँ आज दोस्रो जित निकाल्ने दाउमा रहेका छन्।त्यस्तै विराटनगर पहिलो जितको खोजीमा हुनेछ । अङ्क तालिकामा २ अङ्क जोडेको काठमाडौँ शीर्ष स्थानमा छ।अङ्कविहीन रहेको विराटनगर पाँचौं स्थानमा छ।
काठमाडौंमा आबद्द पाकिस्तानि क्रिकेटर तथा पूर्व कप्तान शाहिद अफ्रिदीको आज अन्तिम खेल हुनेछ। उनले यसअघि नै पत्रकारसम्मेलनमा आफू २ खेलमात्र खेलेर फर्कने र अर्को संस्करणमा पुरै खेल खेल्ने बताएका छन्। यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ।







डिसी नेपाल







Facebook Comment