वर्षातको कारण सोमबार ईपीएलको दुबै खेल रद्द
काठमाडौं। काठमाडौंको त्रिवि मैदानमा जारि एभरेष्ट प्रिमिएर लिगको चौंथो संस्करण अन्तर्गत सोमबार हुने खेलहरु वर्षातको कारण रद्द भएको छ ।सोमबार बिहान किङ्स–११ र विराटनगर वारियर्सबीचको खेल हुने कार्यतालिका थियो। तर हिजो परेको वर्षाका कारण मैदान खेल्न योग्य नभएको भन्दै रद्द गरिएको छ ।
बिहान ९ः३० बाट सुरु हुनु पर्ने यी दुईबीचको खेल खराव आउटफिल्डका कारण केही घण्टा रोकिएको थियो । तर अन्तिम समयसम्म पनि मैदानको अवस्था हिलो नै भए पछि खेल रद्द गरियो ।
त्यस्तै दिउँसो हुने भनिएको भैरवहा ग्याडियर्स र चितवन टाईगर्सबीचको खेलपनि वर्षा कै कारण स्थगित भएको छ।सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंस ११ मा पाकिस्तानि स्टार साहिद अफ्रिदी रहेका थिए। र अफ्रिदीको लागी लिगको अन्तिम खेल पनि आज नै थियो। त्यसैले आजको खेललाई दर्शकहरुले विशेष रुपमा हेरका थिए।







डिसी नेपाल







Facebook Comment