कांग्रेस अधिवेशनः बाग्लुङबाट को–को बने,नगर सभापति ?

डिसी नेपाल
१२ असोज २०७८ १०:४६
48
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत यतीबेला देशका विभिन्न जिल्लाहरुको स्थानीय तहको अधिवेशन भइरहेको छ।सोही अन्तर्गत सोमबार बाग्लुङ जिल्लाको ९ वटा स्थानीय तहले नयाँ नेतृत्व पाएको छ। ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका रहेको बाग्लुङ जिल्लाको नयाँ सभापतिहरुको सूची यस्तो छ।

बागलुङ नगरपालिकाबाट उमाकान्त शर्मा ‘बाबु’सभापति चयन भएका छन्। त्यस्तै जैमिनी नगरपालिकाबाट प्रेम सापकोटा चयन भएका छन्।गल्कोट नगरपालिकाबाट वीरजंग भण्डारी,ढोरपाटन नगरपालिकाबाट कल्याण कायत नगर सभापति चयन भएका छन्।

त्यस्तै,काठेखोला गाउपालिकाबाट यमदत्त कंडेल,बढिगाड गाउँपालिकाबाट कृष्ण गुरुङ,ताराखोला गाउँपालिकाबाट कमलापती पाठक,निसिखोला गाउँपालिकाबाट सूर्यबहादुर घर्ती र तमानखोला गाउँपालिकाबाट लिला छन्त्याल नयाँ नेतृत्वमा आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.