प्रि ओपन सेसनमा झण्डै दुई अंकले घट्यो नेप्से

डिसी नेपाल
१२ असोज २०७८ ११:३०
44
Shares

काठमाडाैं। मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक एक दशमलव ८१ अंकले घटेको छ। नेप्से सोमबार ७३ दशमलव ०५ अंक घटेर दुई हजार छ सय ८५ दशमलव ४१ विन्दुमा बन्द भएको थियो।

यसदिन सो सेसनमा एक दशमलव ८१ अंक घटेर दई हजार छ सय ८३ दशमलव ६० को विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने शून्य दशमलव १५ अंक बढेको छ।

यसदिन प्रि ओपन सेसनमा १७ कम्पनीको सेयर कारोबार हुँदा चार कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी तीन कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.