तारा एअरको पोखरा-जोमसोम नियमित उडान असोज २३ देखि

डिसी नेपाल
१२ असोज २०७८ १३:४३
120
Shares

काठमाडौँ। यति एअरलाइन्सको भगिनी संस्था तारा एअरले आगामी असोज २३ देखि पोखरा-जोमसोम उडान गर्ने भएको छ। नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एअरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको हो।

यति एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित संचालन गर्न लागेको जानकारी दिए।

“बिगतका बर्षहरुमा जस्तै पोखरा बिमानस्थलमा नै जहाज राखेर तारा एअरको १९ सिटे विमानमार्फत दैनिक उडान गर्न लागेका छौँ,” उनले भने। कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँच वटा सम्म उडान भर्दै आएको थियो।

जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायुसेवाहरुले विहान १२ बजे भित्र नै उडानहरु भर्नुपर्ने हुन्छ। दुर्गममा उडान गर्ने वायुसेवाहरुमा तारा एअरले मात्र पोखरा, नेपालगंज र काठमाण्डौंमा नियमित बायुयान राखेर दुर्गममा सेवा दिंदै आएको छ।

तारा एअरसँग हाल दुर्गममा उडान गर्ने ४ वटा टुइनअटर बायुयान रहेको छ। ताराले लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरा लगायत दुर्गमका बिमानस्थलहरुमा नियमित तथा चार्टर उडान भर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.