रोहितले गोल गरे पनि पर्सिजा बराबरीमा रोकियो

डिसी नेपाल
१३ असोज २०७८ ६:४५
228
Shares

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले गोल गरे पनि पर्सिजा जाकर्ता बराबरीमा रोकिएको छ।

मंगलबार राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सिता ताङ्गेराङसँग १-१ को बराबर खेल्दै अंक बाढ्न बाध्य भएको हो।

सिजनको लागि पहिलो गोल गरेका रोहितले मार्को मोटाको पासमा ३० औं मिनेटमा अग्रता बनाएका थिए। तर, ४२ मिनेटमा इर्श्याद मौलानाले गोल गर्दै पर्सितालाई बराबरीको स्थितिमा ल्याएका थिए।

बराबरीसँगै पर्सिजाले ५ खेलबाट ७ अंक बनाएको छ। इटालीयन प्रशिक्षक एन्जेलो एलेसिलोको आगमनपछि पर्सिजाले १ खेलमा मात्रै जित निकालेको छ। अपराजित पर्सिजाले ४ खेल बराबरी खेलेको छ।

यो खेलसँगै अब रोहित राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुनेछन्। यतिबेला रोहित सम्मिलित नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्सको मालेमा रहेको छ।

नेपालले माल्दिभ्समा ५ देश सम्मिलित साफ च्याच्याम्पियनसिप प्रतियोगिता खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *