हत्या मुद्दामा सर्वाेच्चबाट जन्मकैद सुनाइका फरार अभियुक्त पक्राउ

डिसी नेपाल
१३ असोज २०७८ ७:४८
132
Shares

सप्तरी । हत्या मुद्दामा सर्वाेच्च अदालतबाट जन्मकैद फैसला भए पनि फरार रहेका एक जना अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरी कारागार चलान गरेकाे छ।

सप्तरीको विष्णुपुर-६ का मुनोजकुमार यादवलाई कारागार चलान गरिएकाे सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार ५ वैशाख २०६५ मा राजविराज नगरपालिका ८ का रामएकल सिंहकाे हत्या भएकाे थियाे। उक्त मुद्दामा सर्वोच्चले १७ मंसिर ०७४ मा यादवलाई दाेषी ठहर गर्दै जन्मकैद फैसला गरेपनि उनी फरार थिए। फरार रहेका यादव राजविराजबाट पक्राउ परेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.