आज ओलम्पियन्स संघको निर्वाचन हुँदै,बिष्ट र थापाबीच प्रतिस्पर्धा
काठमाडौं। बुधवार आज नेपाल ओलम्पियन्स संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।जस्मा नयाँ अध्यक्ष पदका लागि पूर्व तेक्वान्दो खेलाडी दीपक विष्ट र एनओसीका पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापाको उम्मेदारी रहेको छ।
नेपाली ओलम्पियन खेलाडीहरुको अधिकारीक संस्था ओलम्पियन्स संघको निर्वाचन सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा हुनेछ ।निर्वाचनले १५ कार्यसमिति चयन गर्ने छ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भइसकेको छ । महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन भएका हुन् ।
२ उपाध्यक्षमा एक महिला अनिवार्य छ । जसमा संगिना चुनिसकेकी छन् भने अर्को एक उपाध्यक्षका लागि रघुराज वन्त र प्रविण तुलाधरबीच प्रतिस्पर्धा हुने भएको छ ।त्यस्तै ३ महिलासहित ९ सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ ।








डिसी नेपाल







Facebook Comment