कांग्रेस अधिवेशनः थप तीन जिल्लाको क्रियाशील विवाद टुङ्गो लाग्यो

डिसी नेपाल
१३ असोज २०७८ १२:२६
28
Shares

काठमाडौं। नेपाली कांग्रेसले मंगलबार थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भरेको छ। यो संगै अब पाँच जिल्लाको मात्र सदस्यता सार्वजानिक गर्न बाँकी रहेको हो ।

निर्वाचन समितिका अनुसार,कैलाली, सर्लाही र धनुषाको क्रियाशील सदस्यता सार्वजनिक भएको हो। यससँगै ७२ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको हो । बारा,पर्सा, रसुवा, सप्तरी, रौतहटको क्रियाशीलताको टुंगो लाग्न बाँकी छ ।

कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गत शनिबारदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.