सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१३ असोज २०७८ १२:३९
376
Shares

काठमाडाैं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा आज एक सय रुपैयाँले घटेर ८८ हजार नौ सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

आज छापावाल सुन प्रति १० ग्रामको मूल्य ७६ हजार दुई सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुनमा प्रतितोला ८८ हजार चार सय ५० रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७५ हजार आठ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य एक हजार एक सय ५५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार पनि सोही मूल्य कायम भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.