प्रदेश नं. २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

डिसी नेपाल
१३ असोज २०७८ १४:५०
84
Shares

काठमाडौं । प्रदेश नं. २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । बर्दिबासस्थित आयोगको कार्यालय र केन्द्रबाट गएको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो ।

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको विषयमा उजुरी परेको थियो ।

टोलीले साइकल खरिद र वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार कागजात अध्ययन र अनुसन्धानको क्रममा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.