संसद अवरोध अन्त्यका लागि प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा जारी अवरोध अन्त्यको छलफलका लागि प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले डिसी नेपाललाई जानकारी दिए ।
बिहीबार बिहान १० बजेका लागि बालुवाटारमा तय भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई बोलाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संघीय संसदमा लगातार अवरोध गर्दै आइरहेको छ ।







डिसी नेपाल








Facebook Comment