कोरोनाविरुद्धको खोप अभियानमा सहभागी होऔँः ऊर्जामन्त्री भुसाल

डिसी नेपाल
१३ असोज २०७८ १९:५७
36
Shares

काठमाडौं । कोभिड–१९ सङ्क्रमणबाट जोगिने मुख्य उपाय खोप भएकाले सबै नागरिकलाई लगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आग्रह गरेकी छिन् ।

उनले चैतभित्र सबैलाई खोप लगाउने सरकारको लक्ष्य रहेको बताए । नजिएको चाडपर्वमा सचेत भएर स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै उनले भने “दसैँ, तिहार एवं छठजस्ता पर्व मनाउँदा ख्याल गर्नुहोला ।” सामाजिक र सामूहिक एकताले राष्ट्रिय एकता सुदृढ हुने भएकाले चाडपर्वको महत्व रहेको उल्लेख गर्दै मन्त्री भुसालले सांस्कृतिक निरन्तरताका लागि हाम्रा चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यय र ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले चाडबाडका समयमा कोभिड–१९ को मापदण्ड पालना गर्न र शान्तिसुरक्षालाई विशेष ध्यान दिन आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.