किमकी बहिनी सरकारको उच्च पदमा नियुक्त

डिसी नेपाल
१४ असोज २०७८ ९:२९
464
Shares

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनी सरकारको सबैभन्दा माथिल्लो निकायको प्रमुखमा नियुक्त भएकी छिन्। किम यो जोङ राज्य मामिलासम्बन्धी आयोगको प्रमुखमा नियुक्त भएकी हुन्। उत्तर कोरियाको नाम मात्रको संसद पिपुल्स एसेम्बलीले उनको नाम अनुमोदन गरेको हो।

सन् २०१६ को संविधानले आयोगलाई नेतृत्व निकायको सर्बोच्च अंग भनेको छ। आयोगका पदाधिकारीले सर्बोच्च नेता किम जोङ उनलाई नेतृत्वसम्बन्धी महत्वपूर्ण सुझाब दिन्छन्।

यसअघि आयोगका उपाध्यक्षसहित अधिकांश सदस्यलाई बर्खास्त गरिएको थियो। बर्खास्तगीमा पर्नेहरूमा महिला उपाध्यक्ष पाक पोङ जु र अर्का कूटनीतिज्ञ चो सन हुई छन्। उनीहरू दुबै जना अमेरिकासँगको वार्तामा महत्वपूर्ण भूमिकामा थिए।

सरकारको उच्च पदमा नियुक्त पाएकी किम यो जोङको कोरियाली नेता किमसँग घनिष्ट सम्बन्ध छ। उनले स्विट्जरल्यान्डमा दाजुसँगै पढेकी थिइन्। त्यस्तै, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनसँगको वार्तामा पनि उनी किमकी मुख्य सहयोगी थिइन्।

उत्तर कोरियामा किमको उत्तराधिकारी बन्न उनी एक मात्र योग्य नेतृ रहेको विश्लेषकहरुले बताउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *