प्रभु बैंकले करिब ५ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्री गर्दै

डिसी नेपाल
१४ असोज २०७८ १०:२३
436
Shares

काठमाडौं। प्रभु बैंकले करिब ५ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्री गर्ने भएको छ । बैंकले ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर बढाबढ प्रक्रियाबाट लिलाम बिक्री गर्ने भएको हो।

संस्थापक सेयरको प्रतिकित्ता मूल्य २०५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा भाग लिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिने पर्नेछ भने अधिकतम सेयर संख्याको लागि कुनै हद तोकिएको छैन।

सो सेयर खरिदका लागि बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिद गर्न योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन सक्नेछन्।

सो सेयर खरिद गर्न १७ देखि २५ असाेजसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले प्रभु क्यापिटलमा पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ। यसमा २५ असाेजसम्म आवेदन दिन सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.