१३ वर्षपछि ब्रिटनी स्पियर्स स्वतन्त्र भइन्
काठमाडौं। चर्चित पपस्टार ब्रिटनी स्पियर्स स्वतन्त्र भएकी छिन् । २००८ देखि आफ्ना पिताको संरक्षकत्वमा रहेकी ब्रिटनीलाई अदालतले स्वतन्त्रता दिएको हो । अमेरिकाको सुपेरियर कोर्टकी न्यायाधीश ब्रेन्डा पेनीले बुधबार ब्रिटनीका पिता जेमी स्पियर्सको संरक्षकत्वको अधिकार समाप्त गरिदिएकी छिन् । यो अधिकारको आडमा जेमीले विगत १३ वर्षदेखि ब्रिटनीको जीवन र उनको पैसा नियन्त्रण गरिरहेका थिए ।
ब्रिटनीका पिता जेमीसँग २००८ देखि ब्रिटनीको व्यक्तिगत जीवन र उनको पैसाको नियन्त्रणको अधिकार थियो । ब्रिटनीलाई नशालु औषधिको सेवन तथा कुटपिट गरेका कारण उनका पिताको संरक्षकत्वमा राखिएको थियो । त्यसलगत्ते ब्रिटनी र उनका पिताबीच विवाद सुरु भएको थियो । ब्रिटनीले आफ्ना पिताको संरक्षकत्व अन्त्य गर्न चाहन्थिन् त्यसैले उनले कानुनी लडाइ लडेर स्वतन्त्रता पाएकी हुन् ।







डिसी नेपाल








Facebook Comment