५९ लाख शिशुको जन्म समय अगावै हुनुमा वायु प्रदूषण जिम्मेवार, २८ लाखको तौल नै औसतभन्दा कम
A premature baby is cared for in the pediatric ward at Yekatit Hospital in Addis Ababa. One in thirty-two babies in the developing world will die within their first month. The Ethiopian government has launched new programs to train community health workers on clean and safe delivery methods and early postnatal care for the mother and baby.
काठमाडौं। मानव स्वास्थ्यका लागि घातक वायु प्रदूषणले शिशुको जन्ममा नै असर गरिरहेको एक अध्ययनले देखाएको छ। २८ सेप्टेम्बरमा ‘जर्नल प्लोस मेडिसिन’प्रकाशित अध्ययन अनुसार विश्वमा हरेक वर्ष ५९ लाख शिशुको जन्म वायु प्रदूषणका कारण समय अगावै जन्म हुने गरेको छ।
वायु प्रदूषणका कारण करिब २८ लाख नवजात शिशुको तौल नै औसतभन्दा कम रहेको पाइएको छ। एक सामान्य नवजात शिशुको तौल जन्मिदा औसतमा साढे दुई किलो वा त्योभन्दा बढी हुन्छ । तर, वायु प्रदूषणका कारण गर्भमै असर गर्दा तौल अझ कम भइरहेको अध्ययनले देखाएको हो।
यो अध्ययनमा शोधकर्ताले घरभित्र र घरबाहिरको प्रदूषणको प्रभाव विश्लेषण गरेका छन्। ग्लोबल बर्डन अफ डिजिजको सन् २०१९ काे आँकडा अनुसार पाँच वर्षभन्दा कम उमेरमै हुने मृत्युदरमा ३४ प्रतिशत कारक कम तौल जिम्मेवार छ । जबकि, यही आयुका करिब २९ प्रतिशत बालबालिकाको मृत्युको कारकमा औसत समयभन्दा अगाडि नै जन्म लिनु रहेको छ।
यो पहिलो अध्ययन हो, जसमा सोधकर्ताले विश्वस्तरमा वायु प्रदूषण र गर्भावस्थासँग जोडिएका विषयमा परेको असरबारे अध्ययन गरेका छन् । जसमा जन्मदा बखत गर्भस्थ शिशुको आयु, जन्मदा कम तौल र औसतभन्दा अगाडि नै जन्मनु समावेश गरिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषणको समस्या यति गम्भीर भइसकेको छ, कि विश्वमा करिब ९० प्रतिशत जनसंख्या प्रदूषित हावामा श्वास लिन बाध्य छ । त्यसैले वायु प्रदूषणलाई ‘साइलेन्स किलर’ पनि भन्ने गरिन्छ।







डिसी नेपाल







Facebook Comment