ला लिगाले दियो नेपाललाई साफको शुभकामना

डिसी नेपाल
१५ असोज २०७८ १९:३२
388
Shares

काठमाडौं । स्पेनिस ला लिगाले आजदेखि सुरु भएको साफ च्याम्पियनसिपका लागि नेपाललाई शुभकामना दिएको छ ।

माल्दिभ्सको मालेमा आजदेखि सुरु भएको साफ च्याम्पियनसिपका लागि स्पेनिस शीर्ष डिभिजनको ला लिगाले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई शुभकामना दिएको हो ।

‘अल द बेस्ट नेपाल फर साफ च्याम्पियनसिप’, ला लिगाले भनेको छ ।

आजदेखि सुरु भएको साफ ३० असोजसम्म आयोजना हुनेछ । नेपालले आजै आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । पाँचवटा टोली सहभागी साफमा पाकिस्तान र भुटानको सहभागिता रहनेछैन ।

नेपाली टिम:

गोलरक्षक: किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की

डिफेण्डर: दिनेश राजवंशी, अनन्त तामाङ, सुमन अर्याल, गौतम श्रेष्ठ, रोहित चन्द, पुजन उपरकोटी

मिडफिल्डर : तेज तामाङ, सन्तोष तामाङ, सुमन लामा, सुरज जिउ ठकुरी, आयुष घलान, कमल थापा, सुजल श्रेष्ठ, नितिन थापा, मनीष डाँगी, अन्जन बिष्ट, विशाल राई, सुनिल बल

स्ट्राइकर: नवयुग श्रेष्ठ, आशिष लामा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *