एमाले महाधिवेशन सञ्चालनका लागि विभिन्न पाँच कमिटी गठन

डिसी नेपाल
१५ असोज २०७८ २१:२६
40
Shares

काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनलाई सञ्चालनका लागि विभिन्न पाँच कमिटी गठन गरेको छ ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न निम्नानुसार कमिटीहरू गठन गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार ती कमिटी यसप्रकार रहेका छन् ।
१.अध्यक्ष मण्डलका

अध्यक्ष: केपी शर्मा ओली र सदस्यहरू: युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा ।

२. प्रस्ताव मस्यौदा कमिटी

भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कंडेल, डा। राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी ।

३. सुझाव अध्ययन कमिटी

शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा। बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा.  शिवमाया तुम्बाहाम्फे ।

४. बहस नोट कमिटी

मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सिता सुन्दास, सरोज यादव र लीलबहादुर थापा मगर ।

५. प्रचार समन्वय कमिटी

योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा ।

महाधिवेशन कूल ६ हजार ३४७ प्रतिनिधिहरू सहभागी रहेको महाधिवेशनको उद्घाटन सत्रपछि आज अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव कमरेड ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख कमरेड विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तुत दस्ताबेजहरूमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ । भोलि बिहान ८ बजे सुरु हुने दोस्रो दिन दस्ताबेजहरूमाथि समूहगत छलफल हुने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.