रेजिन र प्रिजेनसहित १० खेलाडी प्रारम्भिक छनोटबाट बाहिरै

डिसी नेपाल
१६ असोज २०७८ ९:१४
440
Shares

काठमाडौं। अखिल नेपाल फुटलब संघ (एन्फा)ले राष्ट्रिय यू-२३ टोलीको प्रारम्भिक छनोटमा १० खेलाडीलाई बाहिर राखेको छ। एन्फाले शुक्रबार विभागीय नेपाल पुलिस क्लबविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै पहिलो चरणमा १० खेलाडीलाई बाहिर राख्दै सुरुवाती छनोट गरेको हो।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले दोस्रो चरणमा ३२ खेलाडी छनोट गरेका छन्। उनले अन्तिम छनोटमा २३ खेलाडी सार्वजनिक गर्नेछन्।
प्रशिक्षक बाल गोपालले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रेजिन सुब्बा, प्रिजेन तामाङ, दीपेश आले मगर, दीनेश हेम्जन, धीरज श्रेष्ठ, जया गुरुङलगायत खेलाडीलाई बाहिर राखेका छन्।

हाल नेपालले एएफसी यू-२३ एसियन कप छनोटको लागि तयारी गरिरहेको छ। समूह ‘बी’ मा रहेको नेपालले बलिया इरान, लेभलान र ताजकिस्तानको सामना गर्नेछ।

नेपालले पहिलो खेलमा २५ अक्टोबर इरान, यस्तै आयोजक ताजकिस्तानसँग २८ अक्टोबर तथा ३१ अक्टोबरमा लेभलानलाई चुनौती दिनेछ।

प्रशिक्षक बाल गोपाल महर्जनले छनोट गरेको ३२ खेलाडीमा हाल साफ च्याम्पियनसिप खेलिरहेको टोलीबाट ७ खेलाडी रहेका छन् ।

यस्तै राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका १२ खेलाडी टोलीमा समावेश छन्।

प्रशिक्षक बाल गोपालले बाहिर राखेका १० खेलाडी :
गोलरक्षक –सूर्य अघिकारी
मिडफिल्डर – जया गुरुङ, दीपेश आले मगर, लखन लिम्बु, कुशल फुयाँल, सन्जिव विष्ट
स्ट्राइकर – प्रिजेन तामाङ, दीनेश हेम्जन, रेजिन सुब्बा, धीरज श्रेष्ठ,

नेपाली ३२ टोली
गोलरक्षक– अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, रोहित कार्की
डिफेण्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, अशिम भुसाल, रन्दीप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, आदिल हमिद,
मिडफिल्डर – अशोक थापा, अनिल महर्जन, अभिषेक लिम्बु, शिब गुरुङ, नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, दिनेश गुरुङ, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *