एनभिए क्लब भलिबल च्याम्पियनसिप : महिलातर्फ पुलिसलाई पराजित गर्दै आर्मी तेस्रो
काठमाडौं । छैठौं एनभिए क्लब भलिबल च्याम्पियनसिप महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ। सेमिफाइनलमा विभागीय टोली एपिएफसँग पराजित हुँदै फाइनल पुग्न नसकेको आर्मीले नेपाल पुलिस क्वबलाई पराजित गर्दै तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिताको शनिबार बिहान भएको खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पहिलो सेटमा २५–२०, दोस्रो सेटमा २५–१७ तथा तेस्रो सेट पनि २५–१७ ले नै आर्मीले पुलिसलाई पराजित गरेको छ।
साविक विजेता न्यू डायमन्डसँग सेमिफाइनलमा पराजित हुँदै तेस्रो स्थानमा प्रतिस्पर्धाको मौका पाएको पुलिस साविक उपविजेता हो। महिलातर्फको फाइनलमा साविक विजेता न्यू डायमन्ड र विभागीय टोली एपिएफ क्लब आज दिउँसो १ बजे भिड्दै छन्।
च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान चार लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोश्रोले दुई लाख र तेश्रोले एक लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment