अर्काले पस्केको दूधभात खाने कांग्रेसको जात होइन, कम्युनिस्टहरु मिलेर आए पनि जित्ने ताकत राख्छ : गगन थापा

डिसी नेपाल
१६ असोज २०७८ १३:४५
560
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीमा मन टुटेका नागरिकको बीचमा गएर संवाद गर्नसक्ने नेतृत्व आवश्यक भएको बताएका छन्।

काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै थापाले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए। कांग्रेस अहिलेको यथास्थितिवादले जनताको विश्वास जित्न नसक्ने बताए। ‘आज जसरी चलेको छ, यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन,’ उनले भने।

नेता थापाले कांग्रेसभित्र सुदृढिकरण आवश्यक भएको पनि बताए । तहगत अधिवेशनले कांग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो। ‘कांग्रेसभित्र ठूलो सुदृढिकरण र सुधारको खाचो छ,’ उनले भने, ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ, नागरिकहरुको टुटेको मन जोड्ने कांग्रेस चाहिएको छ।’

नेता थापाले आउँदो तीन तहको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए । सम्पूर्ण कम्युनिस्ट र मधेशवादी दलहरु मिले पनि कांग्रेस पहिलो पार्टी बन्ने गरि काम गर्न उनले आग्रह गरे।

‘अर्काले पस्केको दुधभात खाने कांग्रेसको जात होइन। हामी आफैले एकल शक्तिका आधारमा काठमाडौं महानगरमा पनि कांग्रेसको झण्डा गाड्ने हो। यो पटक एकल शक्तिका आधारमा फेरि पाँच वर्ष निम्ति देश चलाउने जिम्मा कोही सँग मिलेर होइन एक्लै सबै कम्युनिस्ट र मधेसका पार्टी एक भएर आए भने पनि जित्ने ताकत राख्नेगरी कांग्रेसले आफ्नो संगठन निर्माण गर्नुपर्छ। यसका लागि अझै हामीसँग संगठन बनाउन ६/७ महिना बाँकी छ,’ उनले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.