एमाले विधान महाधिवेशन : समूहगत छलफल सकियो, टोली नेताले सुझाव प्रस्तुत गर्ने
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनअन्तर्गत दोस्रो दिन विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ।
महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
उनकाअनुसार छलफलमा आएका सुझावहरुलाई केही बेरमा टोली नेताले प्रस्तुत गर्नेछन्। ‘सुझावहरुलाई अहिले २ बजेदेखि नेताहरुले प्रस्तुत गर्ने छन्,’ उनले भने।
पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment