एमाले विधान महाधिवेशनः अनुशासन आयोगको प्रतिवेदन पेस

डिसी नेपाल
१६ असोज २०७८ १५:१०
64
Shares

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन पेस भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलनको हलमा शनिबार आयोगका अध्यक्ष अमृत कुमार बोहराले समूहगत छलफलका लागि प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

यसपछि शुक्रबार प्रस्तुत तीन वटा प्रतिवेदनमाथि १० वटा समूहमा भएको छलफलबाट आएका सुझावहरु टोली नेताले प्रस्तुत गर्ने कार्यक्रम छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिसकेको छ ।

पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.