‘देशको हिरो प्रचण्ड नै हो’: प्रचण्ड

डिसी नेपाल
१६ असोज २०७८ १६:०९
508
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको हिरो आफूलाई नै दाबी गरेका छन् । उनले बुद्धिजीवी, नागरिक आन्दोलनकर्मीलगायत सबैले देशको हिरो प्रचण्ड नै हो भनेर बताएका हुन् ।

शनिबार माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले भने, ‘अहिले थुप्रैसँग छलफल र भेला भइरहेको छ– विदेशी कूटनीति, बुद्धिजीवी, पत्रकार, पार्टीका साथीहरु, नागरिक आन्दोलकर्मी । र, सबैले भन्नुहुन्छ ​(टुक्रिनेहरुले पनि) देशको हिरो भनेको माओवादी नै हो, प्रचण्ड नै हो ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई÷दुई पटक संसद विघटन गरेपछि बल्ल आफूले ज्ञान प्राप्त गरेको र मान्छे भएको पनि अध्यक्ष प्रचण्डले भनेका छन् । उनका अनुसार दुईवटा खुड्किला पार गरेर आएपछि अहिलेचाहिँ मान्छे बन्ने अवर पाएँ ।

केपी ओली खलनायक भएको पनि पनि अध्यक्ष प्रचण्डले भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.