मेयर कप ब्याडमिन्टन : कार्की र श्रेष्ठ तथा राई र मगरको जोडी विजयी

डिसी नेपाल
१७ असोज २०७८ ६:५५
64
Shares

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका-८ चुहाडेमा सञ्चालित मेयर कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएकाे छ। ‘ए’ डिभिजनतर्फ बलबहादुर कार्की र हिमाल श्रेष्ठ तथा ‘बी’ डिभिजनतर्फ साजन राई र केनिस मगरको जोडी प्रथम स्थान हासिल गर्न सफल भएको छ।

तीन दिनदेखि उदयपुरमा जारी जिल्ला स्तरीय मेयर व्याडमिन्टन प्रतियोगिता शनिबार सकिएका हाे। चुहाडेस्थित भेटघाट कबर्डहलको आयोजनामा भएकाे जिल्ला स्तरीय मेयर कप व्याडमिन्टन प्रतियोगितामा ‘ए’ डिभिजनतर्फ सन्तोश कटुवाल र विनय चौधरीको जोडी तथा ‘बी’ डिभिजनतर्फ जीवन बोगटी र नवीना राईको जोडी उपविजेता बन्याे।

तेस्रो हुनेमा ‘ए’ डिभिजनतर्फ चित्र थापा र सरोज खवासको जोडी तथा ‘बी’ डिभिजनतर्फ जयराम राई र अफताब आलमको जोडी रहेकाे छ। प्रतियोगितामा प्रथम, द्वीतिय र तृतीयले क्रमश : २५ हजार, १५ हजार र ८ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *