शिवाकोटीको शब्द र बिष्टको स्वरमा ‘उनी आउने…’ सार्वजनिक, राजबल्लभ कोइरालाको कमब्याक
काठमाडौं। गीतकार विजय शिवाकोटीको शब्द तथा गायक ओम बिक्रम बिष्टको स्वर तथा संगीतमा ‘उनी आउने ‘’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीत केही वर्ष अगाडि नै रेकर्ड भएको भए पनि यसको म्युजिक भिडियो भने अहिले मात्र तयार भएको हो ।
गायक बिष्ट अहिले अस्वस्थ छन् र अमेरिकामा स्वास्थ्यलाभ गरिरहेका छन् । गीतकार विजय शिवाकोटीले शब्द सृजना गरेको यो गीत एल्बम ‘मोडहरुमा’मा समावेश गरिएको छ । गीतको भिडियोमा अभिनेता राजबल्लभ कोइराला र संजिता कोइरालाको अभिनय रहेको छ । एक समय नेपाली सिनेमाका चर्चित नायक रहेका कोइरालाले केही समय अभिनयबाट विश्राम लिएका थिए । उनले यो म्युजिक भिडियोमार्फत पुनः अभिनयमा कमब्याक गरेका छन् ।
म्युजिक भिडियोको निर्देशन नवराज आचार्यले गरेका हुन् । आचार्यले केही नेपाली चलचित्रको पनि निर्देशन गरेका छन् । गीतको भिडियो अमेरिकामा छायांकन गरिएको हो । भरत रेग्मीले सम्पादन तथा कलर ग्रेडिङ गरेको भिडियोका शम्भु मोक्तानले छायांकन गरेका हुन् ।







डिसी नेपाल








Facebook Comment