ड्रग्स पार्टी केसमा शाहरुख खानका छोरासँग सोधपुछ, मोवाइल जफत, ८ जना गिरफ्तार

डिसी नेपाल
१७ असोज २०७८ ११:१४
2.1k
Shares

काठमाडौं। नारकोटिक्स कन्ट्रोल ब्युरोले शनिबार मुम्बइबाट गोवा गइरहेको क्रुज शिपमा ड्रग्स पार्टीको भण्डाफोर गरेको छ । यात्री बनेर पुगेको एनसीबीको टिमले यहाँ छापा मारेर ८ जनालाई गिरफ्तार गरेको छ । बलिउड, फेशन र व्यवसायिक क्षेत्रका चर्चित व्यक्तिहरु पक्राउ परेका छन् । यस मामिलामा शाहरुख खानका छोरा आर्यन खान पनि तानिएका छन् ।

एनसीबीले एक बयान जारी गर्दै २ अक्टोबरमा कार्डेलिया क्रुज शिपमा छापा मारेर त्यहाँ भएका सबै व्यक्तिहरुको तलाशी लिइएको बताएको छ । यस क्रममा एनसीबीले एमडिएमए, कोकिन, एमडी र चरेसजस्ता लागूऔषध बरामद गरेको छ । यस मामिलामा अहिलेसम्म ८ जनालाई पक्राउ गरिएको छ जसमध्ये २ जना महिला छन् । एनसीबीले यस मामिलामा केस दर्ता गरेर जाँच सुरु गरेको छ ।

यस मामिलामा शाहरुख खानका छोरा आर्यन खानसँग पछि एनसीबीले सोधपुछ गरेको छ । एनसीबीले क्रुजभित्र चलिरहेको पार्टीको एउटा भिडियो प्राप्त गरेको छ जसमा आर्यन देखिएका छन् । सोधपुछमा आर्यनले आफूलाई पार्टीमा पाहुनाको रुपमा बोलाइएको बताएका छन् । उनले पार्टीमा सहभागी हुन आफूले पैसा नदिएको बताएका छन् । आर्यनले आयोजकले आफ्नो नाम प्रयोग गरेर मानिसहरुलाई पार्टीमा बोलाएको दावी गरेका छन् । एनसीबीले आर्यनको फोन जफत गरेको छ । उनको च्याटको जाँच भइरहेको छ ।

क्रुज पार्टीमा सहभागी हुन ३ जना युवतीहरु दिल्लीबाट आएका थिए । यी युवतीहरुसँग पनि एनसीबीले सोधपुछ गरिरहेको छ । यी युवतीहरु ठूला व्यापारीका छोरी भएको बताइएको छ । उनीहरुको मोवाइल पनि जफत गरिएको छ र जाँच भइरहेको छ । यो मामिलामा ६ आयोजकहरुलाई समन जारी गरिएको छ । उनीहरुलाई आज सोधपुछको लागि बोलाइएको छ । फेशन टिभी इण्डियाका एमडी काशिफ खानलाई पनि बोलाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.